नियम २२
मर्मत, संभार नगरी वायुयानको उडान तथा सञ्चालन गर्न नहुने

कुनै वायुयानको सम्बन्धमा नियम १८ बमोजिम प्रदान गरिएको हवाई उडान योग्यताको प्रमाणपत्रमा उल्लेख भए बमोजिम वायुयान तथा वायुयानको ईन्जिन तथा अन्य पार्टपुर्जाहरुको प्राधिकरणले तोकेको अवधिभित्र नियमित मर्मत तथा संभार नगरी त्यस्तो वायुयान उडान तथा सञ्चालन गर्न हुँदैन ।